नियम ६४
वन पैदावारको उपयोग तथा बिक्री वितरण
(१) साझेदारी वनबाट उत्पादित काठ, दाउरा मध्ये सत्तरी प्रतिशत काठ, दाउरा त्यस्तो साझेदारी वनको उपभोक्ता समूहलाई उपलब्ध गराई बाँकी तीस प्रतिशत काठ, दाउरा डिभिजनल वन अधिकृतले नियम २५ बमोजिम लिलाम बिक्री गर्नु पर्नेछ ।

(२) काठ, दाउरा बाहेकका बल्लाबल्ली, जडीबुटी तथा वनस्पतिजन्य वन पैदावार साझेदारी वन उपभोक्ता समूहको हुनेछ। यस्ता वन पैदावारको सङ्कलन तथा उपयोग स्वीकृत कार्ययोजनामा उल्लेख भएबमोजिम हुनेछ।

(३) स्वीकृत कार्ययोजनाको कार्यान्वयनबाट प्राप्त उपनियम (१) बमोजिम साझेदारी वन उपभोक्ता समूहको हिस्सामा परेको काठ, दाउरा त्यस्तो उपभोक्ता समूहको आन्तरिक खपतलाई प्राथमिकता दिई अनुसूची-६ मा उल्लिखित सूल्यमा नघटाई बिक्री वितरण गर्नु पर्नेछ।

(४) उपनियम (३) बमोजिम बिक्री वितरण गर्दा समूहभित्र खपत नभई बाँकी रहेको काठ, दाउरामात्र साझेदारी वन: उपभोक्ता समूहले डिभिजन वन कार्यालयको सहमति लिई अनुसूची-६ मा उल्लिखित मूल्यमा नघटाई नियम २५ बमोजिम पूर्ण प्रतिस्पर्धाको आधारमा त्यस्तो उपभोक्ता समूह बाहिर लिलाम बिक्री गर्न सक्नेछ। (५) साझेदारी वन उपभोक्ता समूहलाई प्राप्त हुने काठ, दाउरा बाहेकका वन पैदावार त्यस्तो उपभोक्ता समूहले समूहभित्र बिक्री वितरण गर्दा वन पैदावारको /लगत राखी अनुसूची-३५ बमोजिमको ढाँचामा तीन प्रति रसिद काटी वन पैदावार उपलब्ध गराउनु पर्नेछ।

(६) साझेदारी वन उपभोक्ता समूहले त्यस्तो उपभोक्ता समूह बाहिर बिक्री गरेको वन पैदावार ओसारपसार गर्न डिभिजन वन कार्यालयको सहमति लिई अनुसूची-२८ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु-पर्नेछ।

(७) साझेदारी वन उपभोक्ता समूहले समूहबाहिर वन पैदावार बिक्री वितरण गर्दा अनुसूची-३५ बमोजिमको ढाँचाको रसिद काटी चलानी पुर्जी दिनु पर्नेछ।

(८) साझेदारी वन उपभोक्ता समूहले वन पैदावार बिक्री वितरण गरेका रसिद सुरक्षित राख्नु पर्नेछ।

(९) साझेदारी वन उपभोक्ता समूहले बिक्री वितरण भएको वन पैदावारको लगत तथा आम्दानी र खर्चको हिसाब दुरुस्त राख्नु पर्नेछ।

(१०) साझेदारी वन उपभोक्ता समूहले वनक्षेत्र बाहिर प्रचलित कानून बमोजिम वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्न सक्नेछ।